अनिश्चित कालका लागि श्रम स्वीकृति स्थगित

नेपाल सरकारले वैदेशिक रोजगारका लागि दिइएने श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

 

बिहीबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सन लेटर पनि रोकिएको छ ।

कतार सरकारले केही दिन अगाडि नै नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेश रोक लगाइसकेको छ । स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाकाबाट अत्यावश्यक सामग्री आयात निर्यात बाहेक अन्य आवातजावत रोकेको सरकारले हवाई उडान समेत रोकिसकेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले अनअराइभल भिषा समेत रोकिसकेको छ ।

प्रतिकृया दिनुहोस्