ट्रकभित्रै १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, यी हुन् बलात्कारीहरू

काठमाडाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, मा एक १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

 

गन्तव्यसम्म पुर्याइदिने भन्दै युवतीलाई तीन युवाले ट्रकमा राखेर सामूहिक बलात्कार गरेका हुन् । प्रहरीले बलात्कारी तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

उनीहरुले धादिङ जान भनेर हिँडेकी युवतीलाई आफूहरुले पुर्याइदिने भन्दै ना ३ ख ६९४ नम्बरको ट्रकभित्र बलात्कार गरेका हुन् ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि :

महिला कहिलेसम्म असुरक्षित ? ५७ वर्षीय पुरूषले गरे किशाेरी सुतेकै ठाउँमा बलात्कार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नगरपालिकाका पशु प्राविधिक पक्राउ

प्रतिकृया दिनुहोस्