थप एक कोरोना सङ्क्रमितको मृत्यु, ३१४ मा सङ्क्रमण

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

यससँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् । यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।

क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औँ दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्