युरोपमा हालै चलेको अत्यधिक गर्मी (लू) का कारण १,३०० भन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ। गर्मीको लहर पूर्वतर्फ सर्दै जाँदा विभिन्न युरोपेली मुलुकहरूमा तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ।
पछिल्लो तथ्याङ्क अनुसार जर्मनीमा अहिलेसम्मकै बढी ४१.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। त्यसैगरी, चेक गणतन्त्रमा ४१.१ डिग्री र पोल्याण्डमा ४०.५ डिग्री सेल्सियस तापक्रम पुगेको छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जलवायु परिवर्तनका कारण युरोप विश्वको औसतभन्दा दोब्बर गतिमा तातिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले अत्यधिक गर्मीका कारण उत्पन्न हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न युरोपेली देशहरूलाई विशेष स्वास्थ्य कार्ययोजना लागू गर्न आग्रह गर्नुभएको छ।
अत्यधिक गर्मीका कारण फ्रान्समा मात्रै सामान्य समयभन्दा करिब १,००० बढी मानिसको मृत्यु भएको प्रारम्भिक अनुमान छ, जसमा अधिकांश ६५ वर्षभन्दा माथिका नागरिक छन्। गर्मीकै कारण युरोपका कतिपय स्थानमा विद्यालयहरू बन्द गरिएका छन् भने संगीत महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू समेत स्थगित गरिएका छन्।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With