मुख्य सामग्रीमा जानुहोस्
अर्थ

ठगी मुद्दामा प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा रिहा

ठगी मुद्दामा प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा रिहा
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएसँगै शर्मा थुनामुक्त भएका हुन्।

अदालतबाट धरौटीमा छाड्ने आदेश आए पनि यसले उनलाई निर्दोष भने ठहर गरेको छैन। मंगलबारको थुनछेक बहसपछि जारी आदेशमा अदालतले हालसम्म प्राप्त प्रमाणका आधारमा शर्मालाई तत्काल निर्दोष मान्न नसकिने स्पष्ट पारेको छ।

आदेशमा भनिएको छ, ‘संस्थागत कर्जाका लागि व्यक्तिको धितोबन्धक (सुरक्षण) लिखत र विपक्षी बैंकबाट प्राप्त पत्र समेतका तत्काल प्राप्त प्रमाणहरूबाट अहिले नै यी प्रतिवादी आरोपित कसुरमा कसूरदार छैन भनी भन्न सकिने अवस्था नदेखिएको…।’
यस आदेशसँगै शर्माले हिरासत बाहिरै रहेर मुद्दाको कानूनी प्रक्रिया लड्न पाउने छन् भने उनीविरुद्धको मुद्दा अदालतमा यथावत् अघि बढ्नेछ।

के हो घटनाको पृष्ठभूमि?
शर्मामाथि तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा कर्जा स्वीकृत गरेर पनि रकम नदिएको, तर सोही कर्जाबापत राखिएको धितो भने गैरकानूनी रूपमा लिलाम गरेको आरोप लागेको छ। अंजली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीले दिएको जाहेरीका आधारमा शर्मासहित तत्कालीन सनराइज बैंकका चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको अभियोग दर्ता गरिएको थियो।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

अर्थ का थप समाचार →