काठमाडौं । वरिष्ठ हास्यकलाकार किरण केसीले नेपालका अर्बपति उद्योगपति विनोद चौधरीको खानपानको प्रसंग कोट्याउँदै देशका भ्रष्टाचारी र स्वार्थी तत्वहरूमाथि कडा आक्रोश व्यक्त गरेका छन्। एक टेलिभिजन कार्यक्रममा बोल्दै कलाकार केसीले मानिस जति धनी भए पनि अन्ततः खानेकुरा सामान्य नै हुने भएकाले देश लुटेर अकुत सम्पत्ति कमाउन मरिहत्ते नगर्न चेतावनी दिएका छन्।
उद्योगपति चौधरीको घरमा बिहानी खाजा (ब्रेकफास्ट) खान गएको स्मरण गर्दै केसीले भने, “विनोद चौधरीको घरमा खाना खान गा’थिँ। अब इटालियन ब्रेकफास्ट खाइएला, अमेरिकन ब्रेकफास्ट खाइएला भनेर घरमा पनि अण्डा नबनाऊ, त्यहाँ खानुपर्छ भनेर गएको; तर तीनवटा रोटी, एउटा प्याज र एउटा दही खाइयो।” उनले अगाडि थपे, “आज म नेपालकै सबभन्दा ठूलो धनीको घरमा ब्रेकफास्ट खान जाँदा, ‘यो पनि बढी हुन्छ, क्यालोरी बढी हुन्छ’ रे !”
चौधरीको खानपान शैलीबाट आफूले जीवनको ठूलो यथार्थ बुझेको बताउँदै उनले मानिसले धनसम्पत्ति थुपारेर मात्र केही नहुने प्रस्ट पारे। उनले भने, “जति धनी भए पनि खाने त यति खाने होइनछ त ! झन् छिट्टै मरिएला भनेर झन् कम खाने रहेछन्।”
सोही प्रसंग जोड्दै कलाकार केसीले राज्यलाई अर्बौंको क्षति पुर्याएर व्यक्तिगत लाभ लिने भ्रष्ट प्रवृत्तितर्फ लक्षित गर्दै आक्रोश पोखे। उनले भने, “अनि किन घुस खानुपर्यो ? किन त्यो राज्यलाई तहसनहस बनाएर आफ्नो स्वार्थको लागि राज्यलाई ५०० करोड घाटा खाएर आफूलाई २ करोड मात्रै नाफा गर्नको लागि किन यसरी मरिहत्ते गर्नुपर्यो ?”
अन्त्यमा, उनले देश दोहनमा लागेकाहरूलाई आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुक बनाउनेतर्फ लाग्न आग्रह गर्दै प्रश्न गरे, “किन यसरी मरिहत्ते गर्नुपर्यो ? बनाउनु न देश !”








प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्
लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
वा यसबाट साइन इन गर्नुहोस्