अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको सेवा सुविधाका सवालमा सरकार उदार रहेको उल्लेख गरेका हुन्।
बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल परिमार्जन गर्न सरकार नकारात्मक नरहेको प्रस्ट पारे। “सांसदका स्वकीय सचिवदेखि लिएर अन्य सुविधाका सवालमा हामी उदार नै बनिरहेका छौँ,” उनले भने, “फिल्ड भिजिट हुँदाखेरिको भत्ता जस्ता कुराहरूलाई विधि पुर्याएर समयानुकूल बनाउन हामी तयार छौँ।”
यसैगरी, अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुंग्याउन सरकार तयार रहेको जानकारी दिए। उनले राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य संख्या कति राख्ने भन्ने विषयमा समेत खुला छलफल गर्न सकिने बताए।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With