Skip to content
आवाज

स्थिति विस्फोट हुनुअघि नै सांसदहरूलाई आचरणमा ल्याउनुस्: रवि लामिछानेलाई रमेश खरेलको सुझाव

अपडेट
स्थिति विस्फोट हुनुअघि नै सांसदहरूलाई आचरणमा ल्याउनुस्: रवि लामिछानेलाई रमेश खरेलको सुझाव
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले संसदीय समितिको बैठकमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबिच भएको विवादलाई लिएर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले जनप्रतिनिधिहरूको यस्तो आचरणले समस्या सुल्झाउनुको सट्टा झनै बल्झाउने बताएका हुन्।

रोयल टुलिप रिसोर्टमा आयोजना गरिएको रास्वपाको अभिमुखीकरण कार्यक्रमलाई इङ्गित गर्दै खरेलले प्रश्न गरेका छन्, “रोयल टुलिपमा त्यत्रो दिन राखेर प्रशिक्षण प्राप्त गरेका सांसदहरूको आचरण यही हो? समस्या टार्न बसेको समितिको बैठकमा यस्ता अराजकहरूको उपस्थितिले समस्याहरू झनै बल्झाउँदै लगेको छ।”

जनताले सुक्ष्म समस्याहरूको समाधान खोजेको तर जनप्रतिनिधिहरूले संसद् र समितिलाई समस्याको अखाडा बनाएको आरोप लगाउँदै उनले थपे, “हामी कस्ताबाट शासित हुनुपरेको हो? राज्यमा व्याप्त सुक्ष्म समस्याहरूप्रति ध्यान कता हो कता, बरु झनै समस्याको अखाडा बनाइराखेका छन्।” राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रत्यक्ष सम्बोधन गर्दै खरेलले स्थिति थप बिग्रिनु (विस्फोट हुनु) अघि नै सांसदहरूलाई सम्हाल्न र आचरणमा ल्याउन सुझाव दिएका छन्।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

आवाज का थप समाचार →