Skip to content
गृहपृष्ठ

बाँदर नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना वन हेरालु माग

अपडेट
बाँदर नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना वन हेरालु माग
१ मिनेट पढाइ
पाठ आकार

मध्यपहाडी क्षेत्रमा बाँदरको आतङ्कले बालीनाली सखाप पारेपछि कृषि र जीविकोपार्जनमै गम्भीर असर परिरहेका बेला जिल्ला वन कार्यालय अर्घाखाँचीले बाँदर नियन्त्रणका लागि २० जना वन हेरालु माग गरेको छ। जिल्लाका सबै ६१ वटै वडा बाँदरको समस्याबाट आक्रान्त बनेको र मकै भित्र्याउने समयमा किसानको बाली जोगाउन कुनै उपाय नलागेपछि डिभिजन वन कार्यालयले स्थानीय तह, वन उपभोक्ता समिति र प्रभावित बासिन्दाको सुझावमा यो कदम चालेको हो। मासिक १२ हजार ५०० रुपैयाँ तलब दिने गरी आगामी साउन १० देखि असोज १० गतेसम्म दुई महिनाका लागि यी हेरालुहरू नियुक्त गर्न लागिएको हो।

वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकहरूलाई समयमै सूचना दिने र बाँदरलाई मानवीय तथा वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने काम गर्नुपर्नेछ। यसका साथै बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखेर वडा तथा कार्यालयमा बुझाउने जिम्मेवारीसमेत उनीहरूलाई तोकिएको छ। ४५ वर्ष ननाघेका, प्रभावित क्षेत्रकै स्थायी बासिन्दा र वन तथा वन्यजन्तु संरक्षणमा रुचि वा अनुभव भएका व्यक्तिहरूलाई यस कार्यमा प्राथमिकता दिइनेछ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →