काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. प्रकाश शरण महतले देश तरल र संकटपूर्ण अवस्थामा रहेकाले पूर्वराजासहित सबै राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्ने बताएका छन्। वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकट समाधानका लागि लिएको राष्ट्रिय मेलमिलाप र एकताको नीतिको स्मरण गराउँदै उनले वर्तमान परिस्थितिमा पनि व्यापक सहमति आवश्यक रहेको उल्लेख गरे।
भदौ २३ र २४ गतेका घटनाक्रमले देश कमजोर अवस्थामा रहेको पुष्टि गरेको दाबी गर्दै नेता महतले भने, “जसरी ३३ सालमा राष्ट्र संकटमा पर्दा राजा भएकै अवस्थामा पनि बीपीले मेलमिलापको सन्देश लिएर फर्किनुभएको थियो, त्यसै गरी अहिले पनि राजनीतिक दल, राष्ट्रवादी र लोकतन्त्रवादी सबैसँग संवाद गर्नुपर्छ।”
पूर्वराजासँगको सहकार्य वा संवादबारे सोधिएको प्रश्नमा स्पष्ट पार्दै उनले भने, “अहिले राजतन्त्र पुनस्थापना हाम्रो एजेन्डा होइन, तर देशलाई बलियो बनाउन पूर्वराजा लगायत सबै राष्ट्रिय शक्तिहरूसँग वार्ता र संवादको ढोका खुला राख्नुपर्छ।”

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With