Skip to content
खेलकुद

ब्राजिलको हारपछि गरेको बाचा रुनीले पूरा गरे

ब्राजिलको हारपछि गरेको बाचा रुनीले पूरा गरे
१ मिनेट पढाइ
पाठ आकार

सन् २०२६ को विश्वकप फुटबलको अन्तिम १६ को खेलअघि रुनीले यदि नर्वेले पाँच पटकको विजेता ब्राजिललाई पराजित गरेमा आफूले मर्सि नदीमा डुङ्गा चलाउने बाचा गरेका थिए। उक्त खेलमा नर्वेले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेपछि रुनीले प्रत्यक्ष प्रसारणकै क्रममा आफूले उक्त चुनौती पूरा गर्ने बताएका थिए।

बाचा अनुसार रुनीले आफ्ना सहकर्मी विश्लेषकहरू जो हार्ट र मिकाह रिचर्ड्ससँगै अमेरिकाको न्यूयोर्कस्थित हड्सन नदीमा डुङ्गा चलाएका छन्। माइक्रोफोन छोडेर लाइफज्याकेट र ओआर (हलेदो) समात्दै उनीहरू नदीमा उत्रिएका थिए।

चुनौती पूरा गरेपछि रुनीले भने, “मलाई यो यात्रा निकै मनपर्यो। समर्थकहरू उत्कृष्ट थिए, त्यसैले हामीले उनीहरूको सम्मानका लागि यो बाचा पूरा गरेका हौं।”

यस विश्वकपमा नर्वेली समर्थकहरूको वाइकिङ रो सेलिब्रेसन निकै चर्चित बनेको थियो। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले पनि रुनीले डुङ्गा चलाएको हेर्न चाहेको बताएका थिए। हालान्डले भनेका थिए, “वेन, म तपाईं डुङ्गा यात्रामा निस्किएको हेर्न पर्खिरहेको छु।”

उक्त प्रतियोगितामा नर्वे भने क्वाटरफाइनलमा इङ्गल्याण्डसँग पराजित हुँदै बाहिरिएको थियो।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

खेलकुद का थप समाचार →