काठमाडौं । मैदानमा बल र ब्याटले जादु देखाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसी अब पर्यटन व्यवसायीका रूपमा पनि चिनिने भएका छन्। लामो समयको प्रतिक्षा र मेहेनतपछि करण केसी र उनकी जीवनसङ्गिनी, चर्चित मिडियाकर्मी बर्षा बस्नेतले मुस्ताङको लेतेमा आफ्नो सपनाको रिसोर्ट ‘लेते गाउँ रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन्।
झण्डै एक वर्ष लामो तयारी, कामदारको अभाव, प्रतिकुल मौसम र भौगोलिक चुनौतीहरूलाई पार गर्दै यो रिसोर्ट तयार भएको हो। करण केसीका अनुसार हिमालसँगको सामिप्यता र पहाडमा आफ्नै घर बनाउने उनको पुरानो चाहना नै यो रिसोर्टको मुख्य प्रेरणा हो। “हामीले यसलाई केवल व्यवसायका रूपमा मात्र होइन, एउटा सानो र सुन्दर घरको रूपमा लिएका छौँ,” सञ्चालक जोडीले बताएका छन्।
फेब्रुअरी २०, २०२६ मा विवाह बन्धनमा बाँधिएका यो जोडीले यो भेन्चरमार्फत मुस्ताङको पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय समुदायका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्य राखेका छन्। भर्खरै आफ्ना पहिलो आधिकारिक पाहुनाहरूलाई स्वागत गरेको यस रिसोर्टले आगामी दिनमा मुस्ताङ जाने पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ। आफ्नो घर जस्तै अनुभव गराउने उद्देश्यका साथ सञ्चालनमा आएको यो रिसोर्टले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With