Skip to content
खेलकुद

तेक्वान्दो ग्रान्ड स्लाम युथ लिगमा प्रतिस्पर्धा गर्न १२ नेपाली खेलाडीसहित १६ जनाको टोली चीन प्रस्थान

तेक्वान्दो ग्रान्ड स्लाम युथ लिगमा प्रतिस्पर्धा गर्न १२ नेपाली खेलाडीसहित १६ जनाको टोली चीन प्रस्थान
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । चीनको नान्जिङमा आयोजना हुने तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनल २०२६ मा सहभागिता जनाउन १२ खेलाडी र ४ अफिसियलसहित १६ सदस्यीय टोली चीनतर्फ प्रस्थान गरेको छ। विश्व तेक्वान्दोको क्यालेन्डरअन्तर्गत रहेको उक्त प्रतियोगिता आगामी अगस्ट ७ देखि ९ तारिखसम्म (साउन २२ देखि २४ गते) सञ्चालन हुनेछ। विभिन्न देशका उत्कृष्ट युवा तेक्वान्दो खेलाडीहरूले प्रतिस्पर्धा गर्ने यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट प्रतिभाशाली खेलाडीहरूले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।

नेपाली टोलीमा खेलाडीहरू सिबेन सुब्बा, शाश्वत निरौला, सव्यम महतारा, सर्वम महतारा, युनिका पौडेल, आदेश बिष्ट, लोचनी भट्टराई, प्रिशा ज्ञवाली, अभिषेक डल्लाकोटी, आवश्यक बिष्ट, आराध्या खरेल र अफेस खत्री रहेका छन्। टोलीलाई नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायत खेलकुद क्षेत्रका पदाधिकारीहरूले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

खेलकुद का थप समाचार →