Skip to content
खेलकुद

११ वर्षीया प्रिशा ज्ञवालीले चीनमा जितिन् स्वर्ण र कास्य

११ वर्षीया प्रिशा ज्ञवालीले चीनमा जितिन् स्वर्ण र कास्य
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । चीनको नानजिङमा सम्पन्न ‘तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्स’ मा ११ वर्षीया नेपाली तेक्वान्दो खेलाडी प्रिशा ज्ञवालीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि दोहोरो पदक दिलाएकी छन्।

प्रतियोगितामा अब्बल खेल कौशल प्रदर्शन गरेकी प्रिशाले विभिन्न दुई स्पर्धामा स्वर्ण र कास्य पदक जित्न सफल भएकी हुन्।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीका अनुसार प्रिशाले पुम्सेतर्फ प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक चुमेकी छन्। यसका साथै उनले क्योरुगीतर्फ पनि उत्कृष्ट प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरी कास्य पदक जित्न सफल भइन्।

प्रशिक्षक पुजन खड्काको नेतृत्वमा चीन पुगेको टोलीबाट प्रिशाले दुई फरक विधामा देखाएको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली तेक्वान्दोको साख थप उच्च बनाएको छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

खेलकुद का थप समाचार →