काठमाडौं । सरकारले आगामी भदौ महिनाभित्र आठ जिल्लाका करिब पाँच सय अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीन परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाको रोष्टमबाट यो निर्णय र तयारीबारे जानकारी दिएकी हुन्। चार वटा जिल्लामा यसअघि नै लालपूर्जा वितरण भइसकेको उल्लेख गर्दै मन्त्री रावलले अब उदयपुरमा ३ सय, तनहुँमा १५, मकवानपुरमा १०६, कञ्चनपुरमा १७, धनुषामा ५, दाङमा १४, बर्दियामा ३० र सुर्खेतमा १८ वटा लालपूर्जा वितरणको अन्तिम तयारी भइरहेको स्पष्ट पारेकी छन्।
देशभर करिब १२ लाख अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको विवरण सङ्कलन भएको अवस्थामा सरकार यो मुद्दामा गम्भीर र संवेदनशील रहेको दाबी गरिएको छ। जो जहाँ बसिरहेको छ त्यहीँ भोगचलन गरेकै ठाउँमा जग्गाको स्वामित्व दिने नेपाल सरकारको मुख्य प्राथमिकता रहे पनि नकारात्मक सूचीमा परेका जग्गाको हकमा भने वैकल्पिक ठाउँमा व्यवस्थापन गरिने नीति तय गरिएको छ। लालपूर्जा वितरणको यो प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउन स्थानीय सरकारको समन्वय र सहयोग अनिवार्य रहने मन्त्रालयको भनाइ छ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With