Skip to content
गृहपृष्ठ

सर्लाहीको दुना-टपरी अब अमेरिकामा: स्थानीय पातबाटै वैदेशिक मुद्रा भित्र्याउँदै जितेन्द्र महत्तो

सर्लाहीको दुना-टपरी अब अमेरिकामा: स्थानीय पातबाटै वैदेशिक मुद्रा भित्र्याउँदै जितेन्द्र महत्तो
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । विगतमा इट्टा भट्टामा समेत काम पाउन कठिन स्थितिबाट गुज्रिएका सर्लाहीका जितेन्द्र कुमार महत्तो आज एक सफल दुना टपरी उद्यमीका रूपमा स्थापित भएका छन्। सानो स्तरबाट सुरु गरिएको यस दुना टपरी कम्पनीले आज स्थानीय तहमा १५० देखि १६० जना महिला दिदीबहिनीहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ भने कार्यरत श्रमिकहरूको बिमा प्रक्रियासमेत अगाडि बढाइएको छ। हाल दैनिक ५ हजार पिस दुना टपरी बजारमा पठाइँदै आए पनि ५० हजार पिसको उच्च माग आइरहेकाले माग धान्न अन्य सात-आठ वटा फार्महरूबाट समेत पात खरिद गरेर बिक्री वितरण भइरहेको छ।

उत्पादन गरिएका दुना टपरीहरू नेपालका विभिन्न जिल्लाहरूका साथै भारतका सीतामढी, सोनबर्सा, रक्सौल र वीरगन्जसम्म पुग्ने गरेका छन् भने काठमाडौँ हुँदै कार्गोमार्फत दुई लट सामान अमेरिका समेत निर्यात भइसकेको छ। प्राविधिक उपकरणको क्षमता वृद्धि र आर्थिक व्यवस्थापनका चुनौतीहरू समाधान गर्ने क्रममा रहेको यस उद्योगलाई हेलभिटास नेपालले निरन्तर सहयोग गर्दै आएको छ। दैनिक ४० देखि ५० हजार पिस उत्पादन पुर्‍याउन पाँच वटासम्म आधुनिक मेसिन थप्ने योजना बनाइएको छ। सामान्य मजदुरी गर्नुपर्ने बाध्यताबाट माथि उठेर वैदेशिक मुद्रा देशमा भित्र्याउन पाउँदा र सयौँ परिवारलाई आर्थिक आधार दिन पाउँदा जितेन्द्र कुमार खुसीले गदगद छन्।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →