विश्व फुटबलका दुई महान् स्टार- पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (CR7) र ब्राजिलका रोनाल्डो नाजारियो (R9)- आ-आफ्नो समयका लिजेन्ड हुन्। एउटाले गति, शक्ति, हेडिङ र निरन्तरताले रेकर्ड तोडे भने अर्काले ड्रिब्लिङ, फिनिसिङ र शुद्ध प्रतिभाले फुटबललाई नयाँ उचाइ दिए।
नाम एउटै ‘रोनाल्डो’ हुँदा त उनीहरूबीचको तुलना र चर्चा अझ बढी रोचक बन्छ। तर यी दुईले एउटै टिममा कहिल्यै खेलेनन् र एउटै प्रतिस्पर्धात्मक खेल पनि खेलेनन्।
उनीहरूको मैदानमा भेट मात्र एक पटक भएको थियो- सन् २००५ जुलाई मा लुइस फिगोको आयोजनामा भएको च्यारिटी फ्रेन्डली म्याचमा।
त्यतिबेला क्रिस्टियानो रोनाल्डो २० वर्षका थिए, म्यान्चेस्टर युनाइटेडबाट उदाउँदै थिए। उनी युवा, उत्साही र विश्व फुटबलको भविष्य बन्ने बाटोमा थिए। भने ब्राजिलियन रोनाल्डो (R9) २८ वर्षका थिए। उनी तत्कालीन विश्वकप विजेता, रियल म्याड्रिडका स्टार र चोटबाट फर्किएर आफ्नो दोस्रो पिकमा थिए।
म्याच ‘Figo Friends’ विरुद्ध ‘Rest of the World’ को थियो, जसमा फिगोको टिममा R9 थिए भने क्रिस्टियानो रोनाल्डो अहिले जस्तै ७ नम्बरकै जर्सी लगाएर विपक्षी टिममा थिए। यो च्यारिटी खेलको मुख्य उद्देश्य सामाजिक कार्यका लागि रकम उठाउनु थियो।
खेल रोचक र मनोरञ्जनपूर्ण रह्यो। दुवै रोनाल्डोले आफ्नो प्रतिभा देखाए। युवा क्रिस्टियानोले गति र ड्रिब्लिङ देखाए भने अनुभवी R9 ले आफ्नो क्लासिक फिनिसिङ क्षमता प्रदर्शन गरे। प्रतिस्पर्धा कडा नभई उत्सवमय थियो। Figo Friends ले २-१ गोलले जित्यो । जसमा दुवै गोल R9 ले गरे ।
यो खेललाई बेला-बेलामा चर्चा गरिनुको कारण हो- दुई फरक पुस्ताका रोनाल्डोको एकमात्र भेट। फुटबल प्रेमीहरूका लागि यो ‘What if’ को कल्पनालाई साकार पार्ने क्षण थियो। एउटा नाम, दुई फरक शैली र दुई युगका महान् खेलाडी एकै मैदानमा। आज CR7 विश्वकपमा लगातार छैटाैँ पटक खेल्दैछन् । उता R9 मुख्य रूपमा व्यवसायी र स्पेनिस फुटबल क्लब रियल भ्याडोलिडको मालिकको भूमिकामा सक्रिय छन् ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With