Skip to content
गृहपृष्ठ

प्रमाण विना लेखेको भए हतकडी लाएर लगे हुन्छ: सम्पादक किशोर श्रेष्ठ

प्रमाण विना लेखेको भए हतकडी लाएर लगे हुन्छ: सम्पादक किशोर श्रेष्ठ
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले प्रमाणका आधारमा मात्र समाचार सम्प्रेषण गरेको दाबी गर्दै राज्य र सरोकारवाला निकायलाई कडा चुनौती दिएका छन्। उपसभामुख र अन्य पात्रहरूसँग जोडिएको पछिल्लो विवादित समाचारका सन्दर्भमा बोल्दै श्रेष्ठले आफूसँग पर्याप्त प्रमाण सुरक्षित रहेको बताएका हुन्।

सम्पादक श्रेष्ठले पत्रकारितामा प्रमाणको महत्त्वबारे प्रष्ट पार्दै भनेका छन्, “प्रमाण नराखी बोल्नै भएको छैन अहिले। राख्दा त यस्तो हर्कत गरिन्छ।” उनले आफूले समाचारमा उल्लेख गरेका विषयहरू कपोलकल्पित नभएको जिकिर गर्दै अगाडि थपे, “हामीसँग प्रमाण छ, तर हामीले यसलाई जथाभाबी सार्वजनिक गरिरहेका छैनौँ। हामीले ती प्रमाणहरू अर्कै डिभाइसमा सुरक्षित राखेका छौँ र प्रेस काउन्सिललाई पनि जानकारी दिएका छौँ।”

आफ्नो समाचारको विश्वसनीयतामाथि प्रश्न उठाउनेहरूलाई कडा जवाफ दिँदै उनले आफूलाई पक्राउ गर्न समेत चुनौती दिएका छन्। श्रेष्ठले भने, “प्रमाण विना लेखेको हो भने हामीलाई हतकडी लाएर अहिले लगे पनि हुन्छ। किशोर श्रेष्ठले प्रमाण नराखिकन निबन्ध लेख्यो भनेर कसैले भन्न आउँछ भने त्यो मेरो लागि ठाडो चुनौती भयो।” उनले समाचार प्रकाशन गर्नुअघि नै नेपाल प्रहरीको आईजीपी लगायत उच्चतम पदमा रहेका अधिकारीहरूलाई समेत प्रमाणबारे जानकारी गराएको दाबी गरे। प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै श्रेष्ठले दोषीमाथि कारबाही हुनुपर्नेमा उल्टै फाइल बेपत्ता पार्ने काम भइरहेको आरोप लगाए।

अन्तमा, श्रेष्ठले आफूले पत्रकारिताको अधिकार र मर्यादाभित्रै रहेर काम गरेको बताउँदै संवैधानिक पदमा रहेका व्यक्तिहरू मर्यादित हुनुपर्ने र राज्यले सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन्।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →