काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीहरू मूल विचार, रणनीति र श्रमजीवी वर्गबाट विचलित भई केवल सत्ता समीकरणको कार्यनीतिमा अल्झिँदा वर्तमान सङ्कट उत्पन्न भएको स्वीकार गरेका छन्। पार्टी पुनर्गठन तथा सहकार्यसम्बन्धी कार्यक्रममा बोल्दै प्रचण्डले विगतका त्रुटिहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
आफ्नो ४० वर्षे नेतृत्वकालीन अनुभव स्मरण गराउँदै प्रचण्डले भने, “जनयुद्ध, शान्ति सम्झौता, नयाँ संविधान, लोडसेडिङ अन्त्य र नक्सा प्रकाशनसम्मका युगान्तकारी परिवर्तनमा कम्युनिस्टहरूको मुख्य भूमिका रह्यो। तर, संविधान निर्माणपछि हामी ‘विजयी भयौँ’ भन्ने मनोगत भ्रममा फस्यौँ। हामी मन्त्री बन्ने र सत्ता समीकरण भत्काउने कार्यनीतिमै केन्द्रित भयौँ भने हाम्रा विरोधीहरू कम्युनिस्ट आन्दोलन सिध्याउने रणनीतिमा लागे।”
सुगौली सन्धिपछिकै भयानक राष्ट्रिय स्वाधीनताको सङ्कट आएको दाबी गर्दै उनले एमाले, मसाल र अन्य वामपन्थी घटकहरूसँग भएका ३ बुँदे, ५ बुँदे र २ बुँदे सहकार्यका सहमतिहरू सत्ताका लागि नभई राष्ट्र बचाउने नयाँ शक्ति निर्माणका लागि भएको स्पष्ट पारे। विगतका कमीकमजोरी नदोहोर्याई आन्दोलन र वर्ग सङ्घर्षका आधारमा पुनर्गठन र एकतामा आउन उनले सम्पूर्ण कम्युनिस्ट घटकहरूलाई आह्वान गरे।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With