Skip to content
आवाज

“देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन ।” – राजेन्द्र लिङ्देन

“देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन ।” – राजेन्द्र लिङ्देन
१ मिनेट पढाइ
पाठ आकार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशी-विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देनले केही व्यक्तिले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे। पछिल्लो चुनावमा विघटित संसद्‌मा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीको रूपमा कायमै रहेको उनले दाबी गरे।

उनले जनताले नयाँ भनी रोजेको दल पनि बेइमान निस्किएर कांग्रेस र कम्युनिस्ट जस्तै भएको टिप्पणी गरे। यस्तो अवस्थामा देशलाई विकल्प दिन सक्ने एक मात्र पार्टी राप्रपा मात्रै भएको उनको धारणा छ। युवा र अग्रजहरूको अनुभवको सबैभन्दा राम्रो संयोजन राप्रपामै भएको भन्दै उनले सबैलाई मिलाएर लैजाने जिम्मेवारी नेतृत्वको भएको बताए। संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको उदाहरण दिँदै उनले मुलुक हाँक्न उमेरले कुनै प्रभाव नपार्ने दाबी समेत गरे।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

आवाज का थप समाचार →