Skip to content
आवाज

“पर्ख ! तिमीहरूलाई जनताले चाँडै म्याथ सिकाउँछन्”

अपडेट
“पर्ख ! तिमीहरूलाई जनताले चाँडै म्याथ सिकाउँछन्”
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको आगामी चलचित्रको प्रमोसनल गीत ‘मास्टर्नी’ लाई लिएर भइरहेको चौतर्फी आलोचनामा गायिका आस्था राउत पनि थपिएकी छिन्। सामाजिक सञ्जालमा बढ्दै गएको विवादका बीच गायिका राउतले गीतको नियत र प्रस्तुतिमाथि गम्भीर प्रश्न उठाउँदै आफ्नो कडा आक्रोश व्यक्त गरेकी हुन्।

गायिका राउतले मर्यादित शिक्षण पेसा र गुरुहरूलाई ‘सेक्स सिम्बल’ (यौनिक प्रतीक) का रूपमा प्रस्तुत गरिएको भन्दै यसलाई शिक्षकहरूको घोर अपमानको संज्ञा दिएकी छिन्। जुनसुकै हालतमा चर्चा कमाउने उद्देश्यले लाजसरम पचाएर यस्ता सामग्री ल्याइएको उनको आरोप छ।

समाज पहिले नै विभिन्न विकृतिले ग्रस्त रहेको अवस्थामा नियतवश र योजनाबद्ध रूपमा थप बिगार्ने प्रयास भइरहेको भन्दै उनले आक्रोश पोखेकी छिन्। साथै, गीतमा प्रयुक्त ‘म्याथ’ शब्दको बचाउ गर्नेहरूलाई लक्षित गर्दै उनले ‘जनताले चाँडै म्याथ सिकाउने’ चे*तावनी समेत दिएकी छिन्।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

आवाज का थप समाचार →