Skip to content
गृहपृष्ठ

मानव अधिकार आयोगको कार्यक्षेत्रमाथि सांसद रामकुमारी झाँक्रीको आपत्ति, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग

मानव अधिकार आयोगको कार्यक्षेत्रमाथि सांसद रामकुमारी झाँक्रीको आपत्ति, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको अनुसन्धानमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले आयोगको उक्त प्रतिवेदन र सिफारिसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सांसद झाँक्रीले अब मानव अधिकार आयोगको वास्तविक कार्यक्षेत्रका बारेमा नयाँ ढंगले बहस चलाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । आयोगले आफ्नो कानुनी सीमाभन्दा बाहिर गएर निर्णय र सिफारिसहरू गर्दा यसको विश्वसनियतामा प्रश्न उठ्ने भएकाले यसको क्षेत्राधिकारलाई पुनः परिभाषित गरिनुपर्ने उनको भनाइ छ ।

उनले जेनजी आन्दोलनका क्रममा भएका विध्वंस र घटनाहरूको सत्यतथ्य छानबिन गर्न सरकारसँग एउटा छुट्टै र निष्पक्ष आयोग गठनको माग समेत गरेकी छन् । उक्त आयोग सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुनुपर्ने र त्यसले मात्र घटनाको वास्तविक न्याय निरूपण गर्न सक्ने उनको तर्क छ ।

झाँक्रीका अनुसार भदौ २३ र २४ गतेको आन्दोलन पूर्वतयारी र योजनाबद्ध रूपमा देशलाई अशान्त बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो । यसरी सुनियोजित रूपमा निर्देशन दिने, निर्णय गर्ने र फिल्डमा उत्रिएर राष्ट्रिय सम्पत्ति तथा स्वाभिमानमा आँच पुर्‍याउने कार्यमा संलग्न दोषीहरूलाई न्यायिक आयोगमार्फत कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार केवल मध्यम वर्ग र विदेशी दलालहरूको स्वार्थमा मात्र केन्द्रित रहेको गम्भीर आरोप समेत लगाइन् । विपन्न र न्यून आय भएका नागरिकहरूको हित ओझेलमा परेकाले अब गरिब तथा सिमान्तकृत समुदायहरू सरकारको यो कार्यशैलीविरुद्ध सशक्त रूपमा उठ्नुपर्ने समय आएको उनले दाबी गरिन् ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →