काठमाडौँ । एमाले भित्र शीर्ष नेतृत्वको कार्यशैली, साङ्गठनिक पुनर्गठन र आन्तरिक लोकतन्त्रलाई लिएर युवा तथा दोस्रो तहका नेत्रीहरूबीच सार्वजनिक बहस चर्किएको छ। नेत्री उषा किरण तिमिल्सिनाले पूर्वमन्त्री तथा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीलाई लक्षित गर्दै आन्तरिक लोकतन्त्र र अध्यक्ष केपी शर्मा ओलीको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएकी छन्।
तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत नेत्री झाँक्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, “दिदीसँग सवाल गर्न मन त थिएन। तर अध्यक्षले यो परिस्थितिमा पनि जवाफदेही हुन नपर्ने हो भने सुधारिएको पञ्चायत ठिक थियो।” पार्टीभित्र आन्तरिक लोकतन्त्रको कसरी हुर्मत लिइएको थियो भन्ने विषयमा आफू भेटेरै जानकारी गराउन तयार रहेको उनले उल्लेख गरेकी छन्। यसअघि नेत्री झाँक्रीले केवल अध्यक्ष मात्र फेर्ने तर अरू सबै संरचना, कार्यशैली र शक्ति सम्बन्ध पुरानै कायम राख्ने कुरालाई पुनर्गठन मान्न नसकिने र जेनजी आन्दोलनको पूर्वसन्ध्यामा सम्पन्न विधान महाधिवेशनले नयाँ पुस्ताका मुद्दा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी थिइन्।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With