Skip to content
आवाज

“नेपाली कांग्रेसको विभाजन अवश्यम्भावी देख्छु, अदालतको निर्णय नमान्ने पक्ष अब टुक्रिन्छ होला जस्तो लाग्छ ।”

“नेपाली कांग्रेसको विभाजन अवश्यम्भावी देख्छु, अदालतको निर्णय नमान्ने पक्ष अब टुक्रिन्छ होला जस्तो लाग्छ ।”
१ मिनेट पढाइ
पाठ आकार

पत्रकार सुधीर शर्माले एक अन्तर्वार्ताको क्रममा नेपाली कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह र शक्ति संघर्षका कारण पार्टी अन्ततः विभाजनको दिशामा जान सक्ने विश्लेषण गरेका छन्। विशेष महाधिवेशन र त्यसपछिका कानुनी एवं सांगठनिक विकासक्रमले कांग्रेसमा फुट ल्याउन सक्ने उनको भनाइ छ।

कांग्रेसको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका शर्माले सोही अन्तर्वार्तामा पार्टीभित्रको आन्तरिक समीकरण र नेतृत्वको टकरावका कारण विभाजनको सम्भावना बलियो बन्दै गएको उल्लेख गरे।

पार्टीभित्रको वर्तमान अवस्था र कानुनी निरूपणको पाटोलाई केलाउँदै उनले भने, “नेपाली कांग्रेसको विभाजन अवश्यम्भावी हो कि जस्तो देख्छु मैले। अदालतको निर्णयलाई जो मान्नुहुन्न मलाई लाग्छ त्यो पक्ष अब टुक्रिन्छ होला जस्तो लाग्छ।”

विशेष महाधिवेशनको आधिकारिकता र चुनाव चिह्न लगायतका विषयमा अदालतले दिएको फैसलालाई स्वीकार नगर्ने समूह अन्ततः पार्टीबाट अलग हुन सक्ने उनको विश्लेषण छ। अदालतको निर्णयलाई आत्मसात् गरेर नयाँ नेतृत्वसँगै अगाडि बढ्नु नै पार्टी हितमा हुने भए पनि असन्तुष्ट पक्ष अलग बाटोमा लाग्न सक्ने उनले औंल्याए।

संसद्को सबैभन्दा ठूलो दलभित्र उत्पन्न हुन सक्ने सम्भावित सांगठनिक फेरबदल र विभाजनले मुलुकको समग्र राजनीति, सत्ता समीकरण र संसदीय स्थायित्वमा समेत दूरगामी प्रभाव पार्ने शर्माको विश्लेषण छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

आवाज का थप समाचार →