Skip to content
खेलकुद

विश्वकप २०२६: नकआउट चरणमा आज ब्राजिल र जापान भिड्दै

विश्वकप २०२६: नकआउट चरणमा आज ब्राजिल र जापान भिड्दै
१ मिनेट पढाइ
पाठ आकार

फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ अन्तर्गत आज पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली टोली जापानबीच प्रतिस्पर्धा हुँदैछ। ह्युस्टन स्टेडियममा नेपाली समय अनुसार राती पौने ११ बजे सुरु हुने यस खेललाई एसियाको साख जोगाउने अवसरका रूपमा जापानका लागि निकै महत्त्वपूर्ण मानिएको छ। दुवै टोली आ-आफ्नो समूहबाट अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्।

ऐतिहासिक रूपमा यी दुई टोलीबीच भएका १४ खेलमध्ये ११ खेल ब्राजिलले जितेको छ भने जापानले केवल एक खेल मात्र आफ्नो पक्षमा पारेको छ। तर, सन् २०२५ अक्टोबरमा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा जापानले ब्राजिलमाथि ३-२ को ऐतिहासिक जित निकालेकाले आजको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। आजको विजेता टोलीले अन्तिम १६ मा प्रवेश गर्दै आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

खेलकुद का थप समाचार →