मुख्य सामग्रीमा जानुहोस्
खेलकुद

न्यूजिल्यान्डलाई हराउँदै इजिप्टले रच्याे विश्वकपमा इतिहास

न्यूजिल्यान्डलाई हराउँदै इजिप्टले  रच्याे विश्वकपमा इतिहास
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । विश्वकपमा इतिहासमा पहिलो जितपछि इजिप्टका कप्तान मोहम्मद सलाहले यो इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिने बताएका छन् ।

फिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।

‘यो अविश्वसनीय छ । म यसलाई शब्दमा कसरी व्यक्त गरुँ, मलाई थाहा छैन । यो सबै खेलाडी र स्टाफका लागि एउटा ठूलो उपलब्धि होस्,’ उनले भने ।

पहिलोपटक सन् १९३४ को विश्वकपमा सहभागी भएको इजिप्टले त्यसयता १९९० र २०१८ को विश्वकप खेलेको थियो । तर, कुनै पनि जित निकाल्न सकेको थिएन । यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा पुनरागमन जित निकालेको हो । कप्तान सलाहले इजिप्ट यसपटकको विश्वकपमा दोस्रो चरणमा पुग्ने विश्वास व्यक्त गरे ।

‘आशा छ हामी समूह चरणमा यसरी नै अघि बढ्न सक्नेछौँ । र हामी इतिहास रच्दै अर्काे चरणका लागि छनोट हुन सफल हुनेछौँ,’ उनले भने, ‘आउने वर्षहरूमा यसलाई इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिनेछ । हामीले आजको दिनलाई र भोलिको दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । र त्यसपछि अर्को खेलमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

खेलकुद का थप समाचार →