Skip to content
खेलकुद

न्यूजिल्यान्डलाई हराउँदै इजिप्टले रच्याे विश्वकपमा इतिहास

अपडेट
न्यूजिल्यान्डलाई हराउँदै इजिप्टले  रच्याे विश्वकपमा इतिहास
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । विश्वकपमा इतिहासमा पहिलो जितपछि इजिप्टका कप्तान मोहम्मद सलाहले यो इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिने बताएका छन् ।

फिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।

‘यो अविश्वसनीय छ । म यसलाई शब्दमा कसरी व्यक्त गरुँ, मलाई थाहा छैन । यो सबै खेलाडी र स्टाफका लागि एउटा ठूलो उपलब्धि होस्,’ उनले भने ।

पहिलोपटक सन् १९३४ को विश्वकपमा सहभागी भएको इजिप्टले त्यसयता १९९० र २०१८ को विश्वकप खेलेको थियो । तर, कुनै पनि जित निकाल्न सकेको थिएन । यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा पुनरागमन जित निकालेको हो । कप्तान सलाहले इजिप्ट यसपटकको विश्वकपमा दोस्रो चरणमा पुग्ने विश्वास व्यक्त गरे ।

‘आशा छ हामी समूह चरणमा यसरी नै अघि बढ्न सक्नेछौँ । र हामी इतिहास रच्दै अर्काे चरणका लागि छनोट हुन सफल हुनेछौँ,’ उनले भने, ‘आउने वर्षहरूमा यसलाई इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिनेछ । हामीले आजको दिनलाई र भोलिको दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । र त्यसपछि अर्को खेलमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

खेलकुद का थप समाचार →