एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले समसामयिक राजनीतिक घटनाक्रम र बढ्दो कर वृद्धिलाई लिएर सामाजिक सञ्जालमार्फत सत्तापक्ष दलमाथि कटाक्ष गरेका छन्। अदालतको हालैको एक आदेश र बजारको वर्तमान अवस्थालाई जोड्दै बास्कोटाले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी सार्वजनिक गरेका हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा पार्टीका उपाध्यक्ष विष्णु पौडेल साधारण तारेखमा छुटेको घटनातर्फ संकेत गर्दै बास्कोटाले लेखेका छन्, “दशी नभएपछि दादागिरी आफैँ ढल्दो रहेछ।” उनले राजनीतिक प्रतिशोधका आधारमा गरिने दाबीहरू प्रमाणको अभावमा टिक्न नसक्ने जिकिर गरेका छन्।
नेता बास्कोटाले नयाँ राजनीतिक शक्ति र सरकारका आर्थिक नीतिहरूमाथि पनि तिखो प्रहार गरेका छन्। नागरिकले आधारभूत आवश्यकताका लागि समेत चर्को कर तिर्नुपर्ने बाध्यता बनेको भन्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि व्यङ्ग्य गर्दै लेखेका छन्, “आजबाट क का कि कि सिक्न, श्वास फेर्न, उज्यालोमा बस्न, हिँडडुल गर्न, पानी पिउन पनि अनेक कर तिर्नुपर्ने फर्मान भुल्न भएन। स्वर्णिम युग आउने कुरा महाकवि देवकोटाले उहिल्यै भनेका हुन्।”

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With