Skip to content
राजनीति

टिकाराम यात्रीसँगको अन्तर्वार्तामा भक्कानिएर रोए सांसद राजुनाथ पाण्डे

टिकाराम यात्रीसँगको अन्तर्वार्तामा भक्कानिएर रोए सांसद राजुनाथ पाण्डे
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ क्षेत्र नं. ३ का रास्वपा सांसद राजुनाथ पाण्डे अँध्यारोबाट उज्यालोतिर कार्यक्रम अन्तर्वार्ताका क्रममा भावुक बन्दै भक्कानिएर रोएका छन्। पत्रकार टिकाराम यात्रीसँगको संवादका क्रममा पूर्व महानगर प्रहरी प्रमुख समेत रहेका पाण्डेले जनताको हित र सुशासनका लागि निष्ठापूर्वक काम गर्दा नियतवश आफूमाथि राजनीतिक प्रहार गरिएको गुनासो गरे।

माकलबारीस्थित बागमती करिडोर विस्तारका क्रममा वैधानिक कागजात र पूर्वसमन्वय बिना काम नरोक्न आग्रह गर्ने नेपाली सेनाका क्याप्टेन अनुपमान श्रेष्ठसँग पाण्डेले गरेको संवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको कार्यशैलीको आलोचना भएको हो।

उक्त घटनापछि प्रधानमन्त्री कार्यालय र सैन्य नेतृत्वबीच छलफल भएको खबर सार्वजनिक भएसँगै सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै स्थितिबारे स्पष्ट पारेका छन्। सुरुमा सूचना आदानप्रदानमा ढिलाइ हुँदा सामान्य असहजता सिर्जना भए पनि पछि सेनाका वरिष्ठ अधिकारीहरूसँगको समन्वयमा काम सम्पन्न भएको उनको भनाइ छ। आफूले सेनाप्रति उच्च सम्मान व्यक्त गरेको र क्याप्टेनलाई कुनै धम्की नदिएको दाबी उनले गरेका छन्।

यसैबीच, उक्त विषयलाई लिएर आफूलाई ‘डोजर राज’ वा ‘गुण्डा राज’ को नाइके भनी अनर्गल प्रचार गरिएको भन्दै उनले नियतवश चरित्रहत्या गर्न खोजिएको दाबी गरे।

अन्तर्वार्तामा पाण्डेले आफूले व्यक्तिगत स्वार्थबिना काठमाडौँको विकास र सुशासनका लागि काम गरेको उल्लेख गर्दै सेनासँगको सामान्य संवादलाई अतिरञ्जित बनाएर मिडिया र सामाजिक सञ्जालमा ट्रोल बनाइएकोमा दुःखेसो पोखे।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

राजनीति का थप समाचार →