सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। शुक्रबार अदालतमा भएको बयान र थुनछेक बहस सकिएपछि न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने ठहर गर्दै साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
अदालतको आदेशलगत्तै नेता पौडेल अदालत परिसरबाटै भैँसेपाटीस्थित आफ्नो निवासतर्फ लागेका छन्। पौडेलको पक्षबाट बहस गरेका विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टिका कुँवरले आदेशलगत्तै उनी निवासतर्फ प्रस्थान गरिसकेको पुष्टि गरे।
व्यवसायी दीपक भट्टलगायतका व्यक्तिहरूलाई गैरकानुनी सम्पत्ति लुकाउन र छल्न मतियारको रूपमा सहयोग गरेको आरोप लगाउँदै सम्पत्ति शुद्धीकरण विभागले बिहीबार मात्रै पौडेलसहित ६ जना व्यक्ति र १० वटा प्रालि गरी १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्काल प्राप्त प्रमाणका आधारमा थुनामै राखेर कारबाही अघि बढाउन नपर्ने देखिएपछि अदालतले पौडेललाई तारेखमा छाड्ने आदेश दिएको हो।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With