Skip to content
गृहपृष्ठ

हतारमा राजनीतिक एकता गर्नुभन्दा मुद्दाका आधारमा सहकार्य गरौं: एमाले नेता ज्ञवाली

हतारमा राजनीतिक एकता गर्नुभन्दा मुद्दाका आधारमा सहकार्य गरौं: एमाले नेता ज्ञवाली
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूबीच अहिल्यै हतारमा एकता गर्नुभन्दा जनजीविकाका साझा मुद्दाहरूमा आधारित भएर सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। विगतमा गरिएका राजनीतिक एकताका प्रयासहरू टिक्न नसकेको स्वीकार गर्दै उनले अव्यवहारिक एकताभन्दा मुद्दामा आधारित सहकार्य व्यावहारिक हुने बताएका हुन्।

देशमा सुकुमबासी समस्या, श्रमजीवी वर्गले भोगेका सास्ती र बढ्दो करको भारजस्ता सर्वसाधारणसँग जोडिएका विषयहरू जटिल बन्दै गएकाले यस्ता एजेन्डामा राजनीतिक शक्तिहरूबीच साझा समझदारी आवश्यक रहेको ज्ञवालीको भनाइ छ। संसद्, प्रदेश र स्थानीय तहका साथै सडक आन्दोलनका एजेन्डामा समेत एक-आपसमा ऐक्यबद्धता जनाउँदै अघि बढ्न सकिने उनले स्पष्ट पारे।

थापाथली, शङ्खमूल र गैरैधाराका सुकुमबासीहरूलाई विस्थापित गरी लखेट्ने राज्यको कदमको उदाहरण दिँदै उनले नागरिकका समस्यामाथि राज्य निर्मम बनिरहेको अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूले जनपक्षीय मुद्दामा सहकार्य गरेर दबाब सृजना गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘हाम्रा आँखाअगाडि सुकुमबासीहरूको जे बिजोग देखिएको छ, यसले राज्य नागरिकप्रति यतिसम्म निर्मम हुन सक्दो रहेछ भन्ने देखाएको छ।’

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →