Skip to content
गृहपृष्ठ

झापाको अर्जुनधारामा १८ परिवार अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

अपडेट
झापाको अर्जुनधारामा १८ परिवार अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाका अव्यवस्थित बसोबासी १८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। लामो समयदेखि बसोबास गर्दै आए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयहरू लालपुर्जा प्राप्त गरेसँगै अब कानुनी रूपमा आफ्नै जग्गाको मालिक बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने नीति अनुरूप यो वितरण कार्य अघि बढाएको हो।

सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरणलाई तीव्रता दिएको छ। यसअघि पनि बर्दियाको बढैयाताल र झापाकै बुद्धशान्तिमा भूमिहीनहरूलाई लालपुर्जा वितरण गरिसकिएको छ। वर्षौँदेखि स्वामित्वविहीन बनेका नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाएर सुरक्षित आवास र भू-स्वामित्वको अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ यो अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाइएको छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →