Skip to content
गृहपृष्ठ

बाँझो जग्गा उपयोगमा ल्याउन ‘भूमि बैंक’ सञ्चालन प्रक्रिया अघि बढाइयो

अपडेट
बाँझो जग्गा उपयोगमा ल्याउन ‘भूमि बैंक’ सञ्चालन प्रक्रिया अघि बढाइयो
१ मिनेट पढाइ
पाठ आकार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहमार्फत उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक काममा ल्याउने उद्देश्यले ‘भूमि बैंक’ सञ्चालनको प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) को कानुनी व्यवस्था अनुसार बाँझो जग्गालाई उपयोगमा ल्याउन लागिएको जनाएको हो।

यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउन ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको र सोही अनुसार सबै स्थानीय तहहरूमा परिपत्रसमेत पठाइसकिएको छ।

अब प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना भई बाँझो निजी जग्गालाई भूमि बैंकमार्फत कृषि वा अन्य उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न दिइनेछ। मन्त्रालयले बाँझो जग्गा रहेका सम्बन्धित सम्पूर्ण जग्गाधनीहरू तथा सरोकारवालाहरूलाई आ-आफ्नो स्थानीय तहमा सम्पर्क गरी भूमि बैंकसम्बन्धी यो कानुनी व्यवस्थाको लाभ लिन आह्वान गरेको छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →