समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईं हाम्रो सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त घोषित सहकारीहरूको ऋण असुलीबाट संकलन भएको रकम पीडित बचतकर्ताहरूलाई फिर्ता गरेको हो ।
समितिले दिएको जानकारी अनुसार पहिलो चरणमा लालीगुराँस सहकारीका ३५ जना र तपाइ हाम्रो सहकारीका ९० जना गरी कुल १२५ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो । आगामी दिनमा पनि बचतकर्ताहरूको बचत रकमका आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गर्दै जाने समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनको कार्यलाई अघि बढाइँदै लगिएको छ । यसरी प्राप्त भएको रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले उल्लेख गरेको छ ।


लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With