नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने जनताप्रति निकै आक्रामक र विवादास्पद टिप्पणी गरेका छन् ।
हिमालय टेलिभिजनको चर्चित कार्यक्रम ‘यक्ष प्रश्न’ मा कुरा गर्दै नेता थापाले रास्वपा उम्मेदवारलाई मतदान गर्नेहरूले अब पश्चाताप गर्नुपर्ने आशय व्यक्त गरे ।
उनले अन्तर्वार्ताका क्रममा भने, “बालेनलाई भोट हाल्ने, घण्टीमा भोट हाल्ने हात सिलौटोमा राखेर लोहोराले थिच्नु बाहेक ती जनतासँग अब के विकल्प रह्यो र ? अब जनताले क्षमा पुजा गर्नु पर्छ ।”
अन्तर्वार्ताकारले उनको यो भाषालाई ‘जनताप्रति अपमानजनक’ र ‘अति तिखो’ भन्दै सच्याउन आग्रह गर्दा पनि थापाले आफ्नो अडान फिर्ता लिएनन् । उनले बालेन शाहको कार्यशैलीलाई ‘कुशासन’ र ‘मनपरी’ को संज्ञा दिँदै रास्वपा र बालेनको उदयलाई एउटा ‘हुइँया’ मात्र भएको दाबी गरे ।
थापाले रास्वपा सभापति रवि लामिछाने पनि चौतर्फी घेराबन्दीमा परेको र अब उम्किन नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । “सबैतिरबाट घेरिँदै आएका बालेन र रवि लामिछानेको अब केही चल्दैन, उनीहरूले जनतालाई निराश मात्र बनाएका छन्,” थापाले थपे ।


लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With